Logo

खुशीको खबर: टिम रविसंग सिधै मोबाइल ९८०१५७२४२४ मा विश्वभरिबाट कुरा गर्न सकिने (भिडियो)

परिर्वतनको कुरा गराँै । सानो उदाहरण स्वरुप कार्यक्रमको लोगो, स्टुडियोको थोरै परिवर्तित स्वरुपले तपाइको अलिकति ध्यान तान्यो नै होला । विभिन्न चरणमा मानिसलाई नयाँ उर्जा र नयाँ जोश जागरको आवश्यकता पर्दछ ।

भनिन्छ अपडेटेड भइएन भने आउडेटेड भइन्छ । हिजोको अनुभवले सुन्दर भोलि कोर्न कुनै आइतबार कुर्नुपदैन । त्यसैले आज हामीले झन उत्साहित हुने दृढ संकल्प गरेका छाँैँ । हर दिन नयाँ दिन हो, ए ओण्डरफुल ब्राण्ड न्यु डे ।

त्यसैले आजैको दिन हामी अझ सशक्त हुने जानकारी दर्शकहरुलाई बाँड्न चाहान्छाँे । आजदेखि हामीले एनटिसीका प्रयोकर्ताका लागि मात्र होइन एनसेलका ग्राहकका लागि पनि टोल फ्री नम्बर राखेका छाँै । १६६००११२४२४ एनटिसिको ग्राहकका लागि थियो भने ९८०१५७२्र४२४ एनसेलका ग्राहकका लागि पनि आजैबाट थपेका छौँ । यो पनि टल फ्री । कार्यक्रमका दौरानमा संसारभरीका दर्शकले यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ भने कार्यक्रम प्रशारण नभएको बेला यही नम्बरको भाइबरमा आफ्ना समस्याहरु र सम्बन्धित श्रब्यदृश्य सामाग्री पनि पठाउन सक्नु हुन्छ ।

अर्को, आउँदो माघ १ गते देखि हामी हेल्प डेस्क सञ्चालन गर्दैछाँै । आउँदो माघ १ गतेबाट कुनै पनि घटना, समाचार बारे जानकारी लिन हाम्रो हेल्प डेक्स टिम सातै दिन २४ सै घण्टा तैनाथ हुनेछन् । २४ हेल्प डेक्स माघ १ बाट २४ सै घण्टा सातै दिन ।

यति मात्रै होइन, हामी त अझै उर्जावान पो भएका छौं । न्युज २४ टेलिभिजन र यसका कार्यक्रमहरुमा दर्शकहरु गुनासो वा समाचार लिएर काठमाडौं स्थित हाम्रो कार्यालयमा धाउनु पर्ने बाध्यतामा हुनुहुन्छ । हामी दर्शकह्ररुको त्यो बाध्यताको अन्त्य गर्दैैछाँै । आउँदो वैशाख ८ गते न्युज २४ टेलिभिजन ९ बर्ष पुरा गरी १० बर्षमा प्रवेश गर्दैछ ।

वैशाख ८ गते बाट देशका सातै प्रदेशमा हाम्रो कार्यालय र विशेष गरी कार्यक्रम सीधाकुरा जनतासँग मार्फत आफ्नो गुनासो आफ्नै प्रदेशमा रहेर गर्न सक्नु हुनेछ । हामी तपाइकै प्रदेशमा हामीले सञ्चालन गर्ने कार्यालयबाटै तपाईको चासो गुनासो र प्रश्न सम्बोधन गर्ने छाँै ।
वैशाख ८ गते देखि हामी स्वयं तपाइको प्रदेशमा आउने छाँै । तपाईले काठमाडौ आउनु पर्दैन, धाउनु पर्दैन । यसरी अझै बढी मजबुद, अझै बढी जिम्मेवार बन्ने प्रणका साथ हामी आएका छौँ । स्वदेश अनि विदेशमा रहेका हरेक नेपाली नागरीकको आवाज बन्ने हाम्रो प्रयासले यो समाजमा केही योगदान पक्कै पनि दिनेछ ।

यो मुलुकमा समस्या नै समस्या छन् भन्ने हाम्रो मान्यता होइन । तर कसैले माने पनि नमाने पनि मुलुकमा समस्याहरु एकदमै धेरै छन् । समस्याहरुको तुलनामा हाम्रो प्रयास पर्याप्त नभएका कारण हामीले आँफूुलाई फैलाउने प्रतिवद्धता व्यक्त गरेका हौँ ।

आवाज हुनेहरुलाई त पैसा, पहुँचको साहारा लिएर दबाइन्छ भने आवाज विहीनहरुको के हाल होला । हाम्रो प्रयास खासै ठूलो केही होइन । हुटिट्याउले पृथ्वी नै धानेको भ्रम पाले जस्तो सारा पीर व्याथा हर्न सक्ने हाम्रो क्षमता छ भन्ने भ्रममा हामी छँदै छैनाँै ।

तर देश विदेशका हजाराँै दर्शकहरुले हामीबाट गर्नु भएको आशालाई एउटा गहन जीम्मेवारीका रुपमा ग्रहण गर्ने बाहेक हामीसँग अर्को चाहाना छैन र अर्को च्वाइस नै छैन । यसका अलवा कयौ दर्शकहरुको अनुरोधमा हामी देशैभरीका एफएमहरुमा समेत प्रशारण हुने सोचमा पनि कार्य गरी रहेका छाँै ।

चाहे जे सुकै होस, आम सर्वसाधारण दाजुभाई दिदी बहिनीहरुका साना भन्दा साना समस्या समाधान गर्दै ठुलो मुद्धामा सरकार र सरोकारवालाहरुलाई होसियार गराउँदै हामी देशैभरी र विदेशमा समेत रहेका आम दर्शकको सहयात्री बन्न प्रण गर्दछौं । हाम्रो मुलुकको सरकार र यसका निकायहरुको अझै ठुलो सहयोगी बन्न जाँदै छाँै । आवाज चर्को हुँदा कृपया झर्को नमानी दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्