Logo

पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल पुष २५ गते बुधबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल पुष २५ गते बुधबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी ९ तारिक शुक्लपक्ष तृतीया तिथि मध्यान्ह १२ वजेर १२ मिनेटसम्म,धनेष्ठा नक्षत्र राती १२ वजेर ५३ मिनेटसम्म, सिद्धियोग,गरकरण,आनन्दादियोग मित्र,सूर्य धनु राशीमा,चन्द्रमा विहान ११ वजेर ३५ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ मध्यान्ह १२÷११ वजेबाट अपरान्ह १÷२९ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ८÷१६ वजेबाट ९÷३४ वजेसम्म रहनेछ ।

गुली कालः–सामान्य विहान १०÷५२ वजेबाट मध्यान्ह १२÷११ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५० वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ८÷१६ वजेसम्म लाभ वेला,८÷१६ वजेबाट ९÷३४ वजेसम्म अमृत वेला,९÷३४ वजेबाट १०÷५२ वजेसम्म काल वेला,१०÷५२ वजेबाट १२÷११ वजेसम्म शुभ वेला,१२÷११ वजेबाट १÷२९ वजेसम्म रोग वेला,१÷२९ वजेबाट २÷४७ वजेसम्म उद्वेग वेला,२÷४७ वजेबाट ४÷५ वजेसम्म चर वेला र ४÷५ वजेबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷६ वजेसम्म उद्वेग वेला,७÷६ वजेबाट ८÷४८ वजेसम्म शुभ वेला,८÷४८ वजेबाट १०÷३० वजेसम्म अमृत वेला,१०÷३० वजेबाट १२÷११ वजेसम्म चर वेला,१२÷११ वजेबाट १÷५३ वजेसम्म रोग वेला,१÷५३ वजेबाट ३÷३५ वजेसम्म काल वेला,३÷३५ वजेबाट ५÷१७ वजेसम्म लाभ र ५÷१७ वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

मेषः– आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । मध्यान्ह पछि व्यापार बढ्नेछ ।

वृषः–दिग्भ्रमित नभई काम गर्नु आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मध्यान्हबाट कामले गति लिनेछ ।

मिथुनः–काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन । आर्थिक क्षय वेहोर्नु पर्ला ।

कर्कटः–कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ । मध्यान्ह पछि समयले साथ दिने छैन ।

सिंहः–घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ काम हात लाग्नेछ ।

कन्याः–धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

तुलाः–सुख,शाििन्तमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको.प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।

वृश्चिकः– पूर्वान्ह अनुकुल छ । बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । काम गर्दा विलम्ब नगर्नु होला पछि आफैलाई घाटा हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

धनुः–रुघा,खोकी तथा दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ । अपरान्हबाट समयले साथ दिनेछ ।

मकरः–दैनिक काम काजमा प्रगति हुनेछ । कार्य क्षमता घट्ने छैन । तर मानसिक चिन्ताले छोड्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ । साझेदारी काममा लगानी नबढाउनु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

कुम्भः–प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ ।

मिनः– पूर्वान्हमा गरेका काम धेरै जसो सफल हुनेछन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । अनावस्यक समस्या सृजना हुनेछ । व्यापारबाट आय आर्जन घट्नेछ । आलोचना बढ्नेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

प्रतिक्रिया दिनुहोस्