Logo

जन्मजात अपाङ्ग दर्शन केसीले प्रमोद खरेललाई भगवान मान्छन्, नाकले लेखेर भावना पोख्ने दर्शनलाई भेट्न प्रमोद जव कोठामै पुगे (भिडियो हेर्नुस्)

जन्मजात अपाङ्ग दर्शन केसी बोल्न सक्दैनन् । साथै हिड्न पनि सक्दैनन । प्रविधिमा राम्रो दख्खल भएका दर्शन फेसबुक मार्फत आफ्ना बेदना पोख्न मात्र सक्छन् । काठमाडौं बानेश्वरको एउटा बन्द कोठाबाट संसार चिहाइरहेका दर्शनको कथा सुन्दा लाग्छ उनको संघर्ष शब्दमा बयान गर्न सकिदैन । जन्मदैे हात खुट्टा नचल्ने दर्शनको सबै भन्दा नजिकको मित्र ह्विलचियर बनेको छ । उनी गायक प्रमोद खरेललाई भगवान मान्छन् । दर्शन कम्युटरको मनिटरमा उनको फोटो राख्दै नाकको टुप्पोले आफ्ना कथा लेख्छन् ।

प्रमोद खरेलका गीतलाई जीवन जिउने माध्यम बनाएका दर्शन भन्छन्, उनी मेरो भगवान हुन् । उनी खरेल मंलवार उनको कोठैमा पुगे । आफुले भगवान मानेको गीतकार खरेललाई आफ्नै कोठामा भेट्न पाउँदा दर्शन भक्कानिए भने प्रमोद पनि निमै भावुक भए । त्यतिबेलाको माहोल निकै सम्बेदनशिल बनेको थियो ।

अंग्रेजी कविता मार्फत नेपाललाई विश्व सामु चिनाउन अथक मेहनत गरिरहेका दर्शन जन्मजात अपाङ्ग भए पनि आफुलाई भाग्यमानी सम्झन्छन् । बोल्न र हातखुट्टा चलाउन असमर्थ रहे पनि दिमागमा भगवानले भरिदिएको ज्ञानप्रति नतमस्तक बन्दै भगवानलाई धन्यबाद दिन पछि पर्दैनन् । २०५५ साल माघ १२ गते सुन्दर धर्तीमा पाइला टेकेका दर्शनले आफ्नी ममतामयी आमालाई वि।स। २०६३ चैत्र २१ गते बिहीबार गुमाउँदाकोे पीडामा भगवान प्रति गुनासो रहेको बताउँछन् ।

आमाको मृत्युको पीडाले सताइरहँदा अपाङ्ग दर्शन मन भुलाउन पनि अग्रेजी कविता कोर्ने गरेको बताउँछन् । आमाको मृत्यु पश्चात बाबाले विवाह गरेपनि कान्छी आमाले आफुलाई आफ्नै आमाले भन्दा बढ्ता माया गर्ने गरेको बताउँछन् ।

सन २०१२ देखि बाबाको मोवाइल चलाउन थालेका दर्शन प्रविधिमा अत्यन्त रुची राख्छन् । सामाजिक सञ्जालको रुपमा चर्चित फेसबुक नाकको टुप्पोले चलाउँदै संसारसँग जोडिन भ्याइसकेका छन् । बाबाको मोवाईल हर समय आफुसंग राख्न नमिल्ने हुँदा हातमा खेलाइरहेको मोवाइल तर्फ संकेत गर्दै सन् २०१६ मा बिक्रम अंकल र गायत्री अण्टीले किनिदिएको सगौरब बताउँछन् ।

एसजीसिपी ललितपुरबाट अक्षर सिकेका दर्शन नाकको टुप्पोबाट अंग्रेजी कविता लेखेर संसारसँग प्रतिसपर्धा गर्ने सोच रहेको बताउँछन् । एसजीसिपीबाट प्राप्त ल्यापटपमा १२४ वटा अंग्रेजी भाषामा लेखिएको कविता राख्न भ्याइसकेका दर्शन अंग्रेजी भाषाका पुस्तक पढ्न रुचीराख्छन् ।

साहित्यकार महेश पौड्यालद्वारा स्थापित ‘प्रारम्भीक बाल प्रतिभा’ पुरस्कार जित्न सफल दर्शन आफुलाई पुरस्कार जित्नुले थप हौसला प्राप्त भएको बताउँछन् । ‘ देशले हारेको युद्ध’ का लेखक अधिवक्ता हर्क खडायतले दर्शनसँग भेट गराउँदै जुराएको साइत ब्यर्थ नगएको पुस्टि पंक्तिकारसँग फेसबुक मार्फत पोख्ने दर्शनको भावना अदभुत रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्