Logo

२१ बर्षकी यि महान नारी रुपा। जसले माईती छोडिन् तर २ हात र एक खुट्टा काटिएका आफ्नो श्रीमान छोडिनन्(भिडियो सहित)

युटुबबाट कसरी दुखी, पिडित र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बाटो खोजिरहें । अशोक दर्जीको पहिलो मोबाईल भिडियोदेखि, नेपालमा थाहै नभएको पार्कर बिषयलाई उठाएर दिनेश सुनारले हाम्रै युटुब च्यानलबाट उदाएर २ वटा वल्र्ड रेकर्ड राखे । ठेलामा मःमः बेच्ने गायक सबै मांझ लोकप्रिय हाम्रै च्यानलबाट बने भने हाम्रै पहलमा यतिबेला बाटोमा सारंगी बजाउंदै हिड्ने जनक गन्धर्व स्कुल पढ्दै छन् र उनको घर बन्दै छ । यी बाहेक अन्य धेरै नव प्रतिभाको प्रतिभा र दुखी, गरिब र समस्यामा परेका नेपालीहरुको दुखको साथी बन्यौ हामी ।

यसैबिच बिदेशबाट ऋषि जीको कल आयो । सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन् ,मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै आईरहेका पनि त्यहि थियौं ।

समय मिलाएर कुलेश्वर हाईट जांदा कृष्ण वलिकी श्रीमी रुपा पुलामी मगर वलि हामीलाई बाटोसम्म लिन आईन् । घरमा पुग्दा बुढी हजरआमासंग सोफामा बसिरहेका थिए, कृष्ण । कलिलो अनुहारका कृष्ण मलाई देखेर मुस्कुराए, दाई तपाईकै फिल्म लभ सब हेर्दै थिए, कस्तो कमेडी रैछ, भने । कृष्णलाई देख्ने बित्तिकै सबै दुखी, पिडित देख्दा अर्कै भावमा डुबिहाल्ने मेरो मन त्यतैतिर डुव्यो । कृष्णको कथा जान्न आतुर थिएं ।

चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए । उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो । कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले । सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई । जब ठुलो भए यस्तो घटना घट्यो । प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो । सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें । अनि कृष्णको जीवनमा अब एउटा कलाकार हैन दाजुको रुपमा शिशिर भण्डारीको भुमिका रहनेछ, तिमीलाई सबैसंग सहयोग जुटाएर खुट्टाले हिड्ने र कामहरु गर्न सक्ने बनाउंछु भनेर वाचा गरें । त्यसको लागि तपाई सबैको साथ चाहिन्छ है ।

कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ? किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ? सबै कुरा थाहा पाउन भिडियो हेर्नुस ।

प्रतिक्रिया दिनुहोस्