Logo

आयल निगमले इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा कमायाे !

नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । पभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो ।

१५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो । आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ । आइओसीले १५ कात्तिकमा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको आजको नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्