Logo

न्याय पाउने आस मरेपछि कैलालीकी भागरति विकले गरिन आत्महत्या !

अन्ततः कैलालीकी भागरति विकले न्याय नपाएको भन्दै आत्महत्या गरेकी छिन् । श्रीमानको हत्या भएको र हत्यारा आँखै अघि भएर पनि कारवाही नभएको भन्दै निरन्तर न्यायको लडाइ लड्दै आएकी कैलाली गोदावरी नगरापालिका १४ की भागरति बिकले आत्महत्या गरेकी छिन् । न्याय खोज्दै हाम्रो सम्पर्कमा आएकी बिकका बिषयमा हामीले पनि रिपोर्टिङ गरेका थियौ ।

गत बैशाखमा चुरे गाँउपालिका ५ स्थित उनका श्रीमान रोलर चालक महेश टमाटा मृत अवस्थामा भेटिएका थिए । उनको शब रोलरले किचेको अवस्थामा भेटिएको थियो । यस अघि सुरेश विकले चलाउँदै आएको रोलर उनि बिदामा गएपछि टमाटाले चलाउँदै आएका थिए ।

तर परिवारका अनुसार टमाटाले आफ्नो जागिर खोसिदिएको भन्दै सुरेश आक्रोसित थिए । यही कारण टमाटाका परिवारले सुरेश विकका नाममा किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयबाट जिल्ला अदालत पुग्दासम्म कुनै सबुत नभेटिएको भन्दै सामान्य धरौटीमा रिहा गरेको थियो ।

सुरेश बिकले पटक पटक टमाटाका परिवारलाई बाँकी नराख्ने धम्की दिइरहेको पीडितहरु बताइरहेका थिए । आफ्नो श्रीमानको हत्या भए पनि प्रहरीले राम्रो अनुसन्धान नगरेको र अदालतबाट समेत न्याय नपाएको भन्दै तड्पीरहेकी थिइन् ।

उनले श्रीमानको हत्या भएको भन्दै प्रहरी, प्रशासन, न्यायिक अर्धन्यायिक निकाय तथा मिडिया सबै तिर गुहार्दा पनि न्याय नपाएको गुनासो गर्दै आएकी थिइन । तर अन्त्यत उनि पनि हारिन । आइतबार श्रीमानको शब भेटिएकै ठाँउमा उनको शब झुण्डिएको अवस्थामा भेटियो । न्याय नपाएरै उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । जिवित छदा उनि सधै आफू माथि अन्याय भएको भन्दै न्यायका लागि भौतारीरहन्थिन । कही कतैबाट सुनुवाई नभएपछि उनले अत्महत्याको बाटो रोजिन् ।

प्रतिक्रिया दिनुहोस्