Logo

१० वर्षीया आफ्नै छोरीलाई बलात्कर गर्ने बुबा जेलमा, राजदुत लक्की शेर्पाबारे थप खुलासा (भिडियो सहित)

न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. न्याय पाउने आस मरेपछि कैलालीकी भागरति विकले गरिन आत्महत्या !

कैलाली । अन्ततः कैलालीकी भागरति विकले न्याय नपाएको भन्दै आत्महत्या गरेकी छिन् । श्रीमानको हत्या भएको र हत्यारा आँखै अघि भएर पनि कारवाही नभएको भन्दै निरन्तर न्यायको लडाइ लड्दै आएकी कैलाली गोदावरी नगरापालिका १४ की भागरति बिकले आत्महत्या गरेकी छिन् । न्याय खोज्दै हाम्रो सम्पर्कमा आएकी बिकका बिषयमा हामीले पनि रिपोर्टिङ गरेका थियौ ।

२. अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाका बिषयमा किन बोल्दैन सरकार ?

काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई बर्खास्त गरेको भनि मंलगबार दिनभरी समाचारहरु आईरहे । हामीले बुझ्न खोज्दा मन्त्रीपरिषद देखि परराष्ट्र मन्त्रालयसम्मका कसैले पनि यो समाचारलाई पुष्टी गरेनन् ।

अनि मंगलवार साझ तिर राजदुत लग्की शेर्पालाई राजीनामा गर्ने पार्टी नेतृत्वले दवाव दिएपछि उन्ले राजीनामा गरेको भन्ने समाचार पनि आईरहे । त्यसलाई पनि कसैले आधिकारिक पुष्टी गरेन् ।

३. १० वर्षीया छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

बुटवल । बाबु, सन्तानको पहिलो रक्षक, पहिलो गुरु अथवा सवैथोक । तर सबै छोराछोरीले बाबुको पहरेदारी र माया नपाउँदा रहेछन् । मायाको के कुरा आफ्नै बाबु दानव निस्किए पछिको पीडा कस्तो हुन्छ बुटवलकी १० बर्षीया बालिकाले डेढ बर्षदेखि भोग्दै आएकी छन् ।

लामो सयमदेखि रोजगारीका लागि विदेश बसेका गुल्मीका दिलबहादुर गैरे डेढ बर्ष अघि घर फर्किए । बाबु घर फर्किएपछि खुसी भएकी बालिकाको खुसी धेरै दिन टिकेन ।

प्रतिक्रिया दिनुहोस्