Logo

मंगल ग्रह भन्दा चिसो ठाउँ जहाँको तापक्रम माइनस ७१ डिग्री (फोटो फिचर)

अहिले जाडो आफ्नो चरम सीमामा रहेको छ । देशभर हिमपात भएको खबर आइरहेको छ । यस्तै संसारकै अति चिसो ठाउँ जहाको तापक्रम -७१ डिग्री रहेको छ ।

यति धेरै चिसो जहाँ आजपनि मानव बस्ती रहेको छ । मानब जीवनको कल्पना समेत गर्न मुस्किल रहेको रूस को ओयमयकों गाँउमा ५०० मानिस अहिलेपनि  बसोबास गर्दछन् ।

सामान्य अवस्थामा सो स्थानको तापमान -५० डिग्री रहने गरेको छ । यस गाउमा बस्ने मानिसहरु घोडा र हरिणको मासु खाएर बस्ने गर्दछन् ।

रुसी सरकारले गरेको एक सर्वेक्षणमा सो स्थानका मानिसहरु कुपोषित नभएको पाइएको थियो । प्राय यहाका मानिसहरु  कुनैपनि खालका गम्भीर बिमारीको सिकार नभएको पाइएको छ ।

यदी यहाँ कसैको मृत्यु भए त्यसलाई गाड्न ३ दिन लाग्ने गरेको छ । किनकी जमिन सम्म पुग्न ३ दिन कोइला बाले र राख्ने गरिन्छ ।

३ दिन कोइला बाले पश्चात मात्र भेटिने गरेको छ । जमिन भेटिए पछि खाल्डो खनेर उक्त सवलाई पुर्ने गरेको पाइन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्