Logo

सबैले आकाशतिर परेवा कति छिटो उड्यो भन्दै हेर्न थाले तर परेवा भुँइमा झर्‍याे

चितवन – उद्योग वाणिज्य संघ, चितवनले आयोजना गरेको ‘चितवन महोत्सवम’को उद्धघाटन खल्लो भएको छ । नेकपाका अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहेका महोत्सवको परेवा उडाएर उद्धघाटन गर्ने कार्यक्रम थियो ।

मूल आयोजक समितिका अध्यक्ष सहन प्रधानले हस्याङ्ग फस्याङ्ग गर्दै अध्यक्ष प्रचण्डलाई परेवा हातमा थमाए । आफू पनि आडैमा बसी उडाउन आग्रह गरे । परेवा उडाउने समयमा फोटो खिच्नेको भिडले परेवा आकाश तिर तीब्र गतिमा उड्ला भन्ने सोचेर त्यही अनुसार लेन्स खडा गरे ।

अध्यक्ष प्रचण्डले परेवा उडाए, सबैले आकाशतिर परेवा कति छिटो उड्यो भन्दै हेर्न थाले तर परेवा भुँइमा झर्यो । परेवा भुँइमा खसेपछि स्टेजका अतिथि तथा तल बस्ने दर्शक तथा पत्रकार अचम्म मान्दै हाँस्न थाले, के भयो यस्तो परेवा किन उडेन धेरैले शंका गरे । आयोजकको कमजोरी र हेलचेक्र्याईका कारण परेवा नउडेको धेरैले अड्कल काटे ।

तर खास परेवा नउड्नुको रहस्य माउ र बच्चा परेवा आयोजकले ल्याएकाले नउडेको बुझिएको छ । एउटा माउ र एउटा उड्नै नसक्ने बच्चा ल्याएकाले अध्यक्ष प्रचण्डले हातबाट माथी फाल्ने बित्तिकै बच्चा उड्न नसकेर भुँइतिर झरेपछि माउ पनि बच्चाको मायाले नउडेको चरा अधिकारकर्मीहरु बताउँछन् ।

यो आयोजकका लागि सुभ संकेत नभएको बिज्ञहरुको ठहर छ । त्यस्तै स्टेजमा मौरीले समेत केही बेर भुनभुनाई अतिथिलाई त्रसित समेत बनाएको थियो । हुनत महोत्सवमा प्रक्रिया नपु¥याई कनै बाल उद्यान सन्चालनको लागि भारतीय ब्यापारी अर्जुन चौधरीलाई दिएको भन्दै तीब्र बिरोद्ध समेत भइरहेको बेला यस्ता खालका संकेतले सुभ नहुन पनि सक्ने तर्क बिज्ञहरु गर्छन् । महोत्सव माघ ४ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्