Logo

मन थामेर हेर्नुहोस : २ बर्ष देखि अस्पतालको बेडमा सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग…..(हेर्नुहोस भिडियो) सक्दो सेयर गर्नुहोस

ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु ।

काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।

परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चकनाचुर भयो । चेलीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो ।

२०७३ साल चैत २५ गते मलेसियाबाट फर्केका उनी सिकै नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई भेट्न पुगे । नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।

उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् ।श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।दिनहुँ बढ्दै गएको खर्च र कमाई शून्य उनले उपाय निकाले, अस्पतालमै सेक्युरिटी गार्डको काम गर्ने । त्यसो गरे ड्युटीको समय नजिकै हुने भइयो र ड्युटी सकेपछि सँगै ।

‘एक टाइम सेक्युरिटीमा बस्छु र अर्को टाइम श्रीमतीलाई हेर्छु भन्ने सोचेको थिएँ तर, कम्पनीले त्यो सम्भावना पनि मेटाइदियो,’ नमजा मानेर उनले सुनाए । कम्पनीले डबल ड्युटी गर्न भनेपछि बसन्तले त्यसो गर्न नसक्ने बताए ।अहिले आयल निगमका एक कर्मचारीको कार चलाउने काम गरिरहेका छन् । ‘बिहान ९ बजेतिर गएर कहिले ५ बजे कहिले ८ बजे फर्कन्छु र चेलीको रेखदेख गर्छु,’ बसन्तले आफ्नो दैनिकी सुनाए ।

जब निकै गाह्रो हुन्छ, चेली मर्ने कुरा गर्छिन् । अलिअलि ठीक भएका बेला भने केही वर्ष बाँच्ने आशा राख्छिन् । बसन्त भने ‘२, ४ वर्षले पुग्दैन, म बाँचुञ्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’ भन्छन् । अनलाइन टिभी नेपालको परिवार सहयोगी मनसग सहयोग पैसा लिएर चेली तामाङ्ग भएकै ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमै पुगेउ ! सहयोग रकम पाएपछि डाको छोडेर रोईन चेली तामाङ्ग हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्