Logo

सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘जनसरकार’ गठन गर्दै विप्लव समूह

काठमाडौं – सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रूपमा ‘जनसरकार’ बनाउन थालेको छ।


फाइन तस्वीर
‘जनकारबाही’ लाई पनि ब्युँताएको विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शक्तिका रूपमा प्रयोग गरिरहेको जनाएको छ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्