को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ ।
प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् । यसो गर्दा उनको हातमा ७५ लाख मात्र पर्ने छ । जितेको रकम बाट विश्व भ्रमण गर्ने इच्छा राखेका जैनले २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सहि जवाफ दिँदै करोड बाजी मारेका थिए ।
प्रतिक्रिया