Logo

रवि लामिछाने सहित तीनै जनालाई ’ब्याक डोर’बाट अदालत लगियो, रविले समर्थकलाई हात हल्लाए …..(भिडियो सहित)

चितवन : पत्रकार शालिकाराम पुडासैनीको आ*त्महत्या प्रकरणमा प*क्रा*उ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अ*दालतमा पेश गरिएको छ । बिहीबार प*क्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थु*नछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट प*क्रा*उ गरेर चितवन ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्