Logo

रिहा भएपछि गोविन्द शाहीले भने–शक्तिको आडमा म माथि अन्याय गरियो

काठमाडौं – निर्माता गोविन्द शाही हिरासतमुक्त भएका छन् । अपराधिक विश्वासघातको मुद्दामा १५ दिन प्रहरी हिरासतमा रहेका शाही सर्वाेच्च अदालतको भदौ १८ गतेको आदेशबाट रिहा भएका हुन् ।

दुईवर्ष अगाडि प्रदर्शनमा आएको फिल्म”लिलिबिली”बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध निर्माताद्वय मिलन चाम्लिङ राई र सुदीप खड्काले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा उनलाई प्रहरीले कमलपोखरी स्थित काफिया फिल्मस्को कार्यालयबाट पक्राउ गरेको थियो । रिहा भएपछि गोविन्दले आफू अन्यायमा परेको बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै सुदीप र मिलनले पद, शक्ति र सम्बन्धको आडमा कानुनको दुरुपयोग गरेर आफूलाई हिरासतमा बस्न बाध्य बनाएको आरोप लगाएका छन् । हेर्नुहोस् जारी विज्ञप्ति..

प्रतिक्रिया दिनुहोस्