Logo

Exclusive: ज्ञानेन्द्र शाही प्रहरीको हिरासतबाट रिहा, योगेश भट्टराईलाई दिए यस्तो चेतावनी…(हेर्नुहोस् भिडियो)

काठमाण्डौ – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले छाडेका छन् । उनले देखाउँदै आएको अभद्र व्यवहार अब नगर्ने शर्तमा छाडेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दले जानकारी दिनुभयो ।

शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले त्यही तयारी भएको उहाँले बताउनुभयो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो । शाहीले आइतबार पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । ज्ञानेन्द्र शाही प्रहरीको हिरासतबाट रिहा, योगेश भट्टराईलाई दिए यस्तो चेतावनी…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्