Logo

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट,अवस्था गम्भीर…(हेर्नुहोस् भिडियो)

चितवनको भरतपुरमा भ्रष्टचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही कुटिएका छन् । आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली”को कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । शाहीको शरीरमा चोटपटक लागेको छ ।

ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट,अवस्था गम्भीर…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्