Logo

राज्य मन्त्रीको गालामा सांसदले हानिन् थप्पड, थप्पड हान्नु कारण यस्तो

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी हुन्।  नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेश सभा भवन बाहिर थप्पड हानेकी प्रत्यक्षदर्शीले बताएका छन्।  उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए।  प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उपभोक्ता समितिको भुक्तानीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक रोकेका थिए। बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिएकी दासले प्रदेश सरकारको काम कारबाहीको विरोध हुँदा पनि सरकार र मन्त्रीहरु लाज पचाएर बसेको भन्दै आलवचना गरेका थिइन्। त्यसपछि यादव र दासबीच भनाभन भएको थियो। भनाभनकै क्रममा प्रमिलाले मन्त्री यादवको गालामा थप्पड हानेकी हुन्।  उपभोक्ता समितिको भुक्तानीबारे मंगलबारको प्रदेश सभाको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको थियो। त्यही क्रममा उनी अन्य सांसदहरुसँगै बाहिरिएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस्