Logo

गौतम बुद्ध रंगशाला निर्माणलाई अनमोल केसिले गरे ३ लाख नगद सहयोग…,धुर्मुस भए भावुक

काठमाडौं – चितवन भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला यतिबेला धमाधम निर्माण भइरहेको छ । निर्माण सँगसँगै आर्थिक सहयोग पनि देश विदेशबाट जुटिरहँदा धुर्मुस सुन्तली फाउन्डेसनलाई सदाबहार अभिनेता भुवन केसी र युवा स्टार अनमोल केसिले ३ लाख २० हजार नगद रकम सहयोग गरेका छन् ।

टेलिभिजन रियालिटि शो ” को बन्छ करोडपती” मा सहभागी भएर जितेका रकम बुवा छोराले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालालाई सहयोग गरेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनको लेख :

जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी चर्चित कलाकार भुवन केसी र अनमोल केसीले ए.पि.वान. टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जित्नुभएको ३ लाख २० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा भुवन केसी र अनमोल केसीलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

प्रतिक्रिया दिनुहोस्