Logo

अचम्म भयो पिकनिक गएका १६ वर्षीय किशोरमाथि महोत्तरीमा गोली प्रहार

महोत्तरीमा पिकनिक गएका एक किशोरमाथि गोली प्रहार भएको छ। बुधबार साँझ करिब साढे ६ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो।

महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल-भारत दसगजा क्षेत्रको विशनपुर भन्ने स्थानमा पिकनिक गएका सोही स्थानका १६ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ।

छातीमा गोली लागेका अक्षयको जलेश्वरमा सामान्य उपचारपछि थप उपचारका जनकपुरस्थित जानकी हेल्थ केयरमा ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराट नगर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

यता गोली कसले र किन चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्