Logo

छोरीले ‘मम्मी बाईबाई’ भनिन्, सरिताले पनि ‘बाई’ फर्काइन् अनि एकैछिनमा संसार छो’डिन !, अन्तिम पटक आफूले खाना बनाइन् छोरीहरूलाई पनि खुवाइन्

पोखरा – पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी) का दुई छोरी छन् ।श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो। आफ्नै छोरी चढाएको स्कूल बसले कि’चेर सरिताले दुःखद मृ’त्युवरण गर्नुपरेको छ ।चालक र परिचालकको असावधानीले उनले ज्या’न गु’माउनुपरेको प्रत्यक्षदर्शीको भनाई छ । सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय स्कूलमा भर्ना गरेकी थिईन् ।सधैं झैं मंगलबार पनि सरिताले छोरी समृद्धिलाई स्कुल जानका लागि तयार पारिन् ।

आफूले खाना बनाइन् छोरीहरूलाई पनि खुवाइन् । दुई वर्षीया नाबालिका कान्छी छोरी सँगै बस्ने छिमेकीको जिम्मा लगाएर समृद्धिको हात समाउँदै चोकमा पुगेर बस कुरिन् ।पोखरा–१७ बिरौटास्थित बालोदय बोर्डिङ स्कुलको बस सधैंको बिहानीझैं आइपुग्यो । करिब पौने १० बजेको हुँदो हो।कक्षा एकमा पढ्ने छोरीलाई सो स्कुलको ग.१ख २४९९ नम्बरको बसमा चढाइन् र आफू पनि चढिन्।छोरीले ‘मम्मी बाईबाई’ भनिन्, सरिताले पनि ‘बाई’ फ’र्काइन् र बसबाट ओर्लिन् ।तर, वि’डम्बना बस एक छिन पनि रो’किएन। उनी झरी नसक्दै बसले लता¥यो ।

पछाडिको च’क्कामा प’रिन् । घाँटी तलको भागमाथिबाट चक्का गु’ड्यो ।तत्काल नजिकैका युवाहरु त्यहाँ पुगे । एउटा प्रहरीको गाडी देखे, तर पा’वरहाउसतर्फ अघि बढेको प्रहरी भ्यान न’रोकिएको स्था’नीय युवाले बताएका छन् । बाटोमा आइरहेको एउटा गाडी रो’केर सरितालाई त’त्काल उ’पचारार्थ फेवा सिटी अस्पताल पठाए । त्यहाँबाट पुनः गण्डकी अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्र’तिष्ठान) रे’फर भयो । हामीहरूले दुः’खद घ’टना भएको थाहा पाएपछि गण्डकी अस्पताल पुग्दा उनको मृ’त्यु भइसकेको रहेछ ।श्रीमान् टेकनारायण सुवेदी वैदेशिक रोजगारीका लागि विदेश गएपछि छोरीहरू पढाउन सरिता चार वर्षअघि पोखरा झ’रेकी हुन् ।

टेकनारायण वैदेशिक रोजगारमा जा’नेआउने गरिरहन्छन् । उनलाई घटनाबारे जानकारी दिइसकिएको र नेपाल फ’र्किंदै छन् । बालोदय स्कुलका संस्थापक दुर्गा पंगेनीले पढाइमा समेत स’मृद्धि जे’हेन्दार विद्यार्थी रहेको जनाए । उनले पी’डित परिवारको लागि विद्यालयले के गर्ने भन्नेबारे छलफल जारी रहेको बताए ।सोच्दै नसोचेको कारुणिक घ’टनाले परिवारमा बि’चल्ली नि’म्तिएको छ । दुई छोरी ना’बालक छन् । घ’टनापछि पी’डित पक्ष, स्कुल प्रशासन, प्रहरी प्रशासनबीच वडा प्रहरी का’र्यालय बैदाममा राति वार्ता पनि चल्यो ।

प्रतिक्रिया दिनुहोस्