Logo

श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, अनि फोन अफ भयो… त्यसपछि अर्जुन श्रीमतीसँग कहिल्यै कुरा गर्न नसक्ने गरि अ’स्ताए

काठमाडौँ – भारतको जम्मू क’श्मीरमा आ’तङ्क’वादी आ’क्रम’णमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरको ज्या’न गयो । मङ्गलबार मात्रै श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गो’ली चल्यो । अर्जुनले श्रीमतीलाई ‘गो’ली चल्यो फोन राख–राख’ भनेका थिए। पछि एकैछिनमा फोन गर्दा अर्जुनको फोन अफ भयो। त्यसपछि अर्जुन श्रीमतीसँग कहिल्यै कुरा गर्न नसक्ने गरि अ’स्ताए।

चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए। ६ महिना अघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए। तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो। गोरखा नगरपालिका –६ को महेन्द्र ज्योति माध्य मिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन्। त्यसपछि ११÷१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए।

अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिना अघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दा पढ्दै लाहुरे हुनु भएको हो। साह्रै मिलनसार हुन हुन्थ्यो।’ ‘अर्जुन सानै देखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन्। आमा हुनुहुन्न,’ मामा सुजीतले भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनु हुन्छ। अर्जुनको नि’धनले परिवार बिचल्लीमा परेको छ।’

बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन। अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु। हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भन्ने गर्थे। जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आ’तङ्क’वादी ह’मलामा अर्जुनको ज्या’न गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शो’कमा डुबेको छ। ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीतले भने, २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए।

थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्या’न गएको छ। अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च ब’लिदानी गरेको भन्दै भा’रतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसा समेत गरेको छ। बुधबारनै भारतीय सेनाले अर्जुनको परिवार लाई घ’टनाको बारेमा जानकारी गराइ सकेको छ। उनको श’वलाई नेपाली सीमाना काँकड भित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्