Logo

कस्तो दुखत कुरा : आविष्कार केन्द्रको लागि महावीरले बेच्न लगे उपहारमा पाएको मोबाइल, फेसबुकमा लेख्दै बजारमा १ लाख भन्दा धेरै पर्ने यो मोबाइल बजार मूल्यभन्दा सस्तोमा दिने

महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्रको लागि मोबाइल बेच्न लागेका छन्। उनले साथीबाट उपहारमा पाएको सामसुङ ग्यालेक्सी नोट १० मोवाइल बेच्न लागेका हुन्। पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बजारमा १ लाख भन्दा धेरै पर्ने यो मोबाइल बजार मूल्यभन्दा सस्तोमा दिने जनाएका हुन्।

आफुसगँ पहिल्यै मोबाइल भएकोले उपहारमा आएको यो मोबाइल बेच्न लागेको पुनले बताए। ‘१५/२० हजारको मोबाइलले काम चलिहाल्छ, यत्रो महंगो फोन मलाई किन चाहियो,’पुनले सेतोपाटीसगँ भने। मोवाइलबाट आएको पैसा राष्ट्रिय आविस्कार केन्द्रमा खर्च गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्