Logo

अन्तत: १२ घन्टे अल्टिमेटमपाएपछि एसपी दानबहादुर मल्लले छोडे चितवन

एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन् । शुक्रबार एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको तिन नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी गराएका छन ।

एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो । मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ । बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्