रबि सडकमा उत्रिदा उखु किसानको खातामा पैसा,अब छोराछोरी भोक्कै नबस्नु पर्ने ! (हेर्नुहोस भिडियो)


सर्लाहीको अन्नपूर्ण सुगर मिल उखु किसानको सबै रकम एक महिनाभित्र तिर्न राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् । अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाइने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए । उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि शुक्रबार अग्रवाल मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन् ।