Logo

रवि लामिछानेको सर्मथनपछि उखु किसानलाई मिल्यो खुसि (हेर्नुहोस भिडियो सहित)

उखु किसानको वक्यौताको भुक्तानी नभए पश्चात अहिले किसानहरु काठमाडौ आएर आन्दोलन गरिरहेका छन् । करिब डेढ अर्ब भुक्तानी नभए पश्चात किसानहरु भुक्तानी नभए सम्म काठमाडौ नछोड्ने भन्दै आन्दोलनरत छन्। उखु किसानको आन्दोलनमा अभियान्ताहरु देखि विभिन्न परिचित अनुहारहरुले समर्थन गरिरहेका छन् ।

आजको आन्दोलनमा संचारकर्मी रवि लामिछानेले समेत साथ दिन पुगेका थिए । एक कार्यक्रमबाट फर्किदै गर्दा बाटो परेर रवि लामिछाने उक्त आन्दोलन भएको ठाउँमा पुगेर उखु किसानहरुको हौसला बढाएका थिए ।

रविलाई देखेपछि किसानहरुको अनुहारमा केहि राहत देखिएको थियो ।रविले आन्दोलनमा रहेका उखु किसानहरुको अवस्था बारे जानकारी लिएर फर्किए । रवि लामिछाने गए संगै राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी समेत आन्दोलनमा समर्थन गर्न पुगेका थिए।

डा केसीले सरकारले किसानहरुको भुक्तानी दिने वातावरण तत्काल बनाउन आग्रह समेत गरेका छन् र सरकारले यदि किसानलाई निराश बनाए सरकारको भविष्य अन्योलमा पर्ने समेत उल्लेख गरेका छन् । डा केसीले किसानहरुलाई हौसला प्रदान गर्दै आश नमार्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्