Logo

कश्मीरमा पाकिस्तानी सेनासँगको भिडन्तमा ज्यान गुमाएका सैनिककी श्रीमतीले गरिन आत्महत्या, श्रीमानको शव घर आइपुग्दा उनले पनि पिडा सहन नसकेर कुवामा हाम फालिन

नयाँ दिल्ली – जम्मु कश्मीरमा पाकिस्तानी सेनासँगको भि’डन्तमा ज्या न गुमाएका एक भारतीय सैनिककी पत्नीले देहत्याग गरेकि छन् । यो दर्दनाक घटना भारतको झारखण्डको हो । पतिको श व घरमा पुग्दा नपुग्दै उनले कुवामा हा म फालेर देहत्याग गरेकि हुन्।

देहत्याग गरेकि मनीता उराँवका पति बजरंग उराँव फौजमा कार्यरत थिए । कश्मीरमा डिसेम्बर ३० मा पाकिस्तानीसेना सँगको भि डन्तमा उनको ज्या न गएको थियो। मृ त बजरंगको श व गाँउ पुर्याइएसँगै बेहोस बनेकि पत्नीले देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत-पाकिस्तानबीच कश्मीर मामिलालाई लिएर विवाद जारी रहँदा दुवैतर्फ अनाहकमा सैनिकहरुले ज्या न गुमाउने गरेका छन्। बुधबारमात्रै गोली हा;नाहा;न हुँदा भारतीय सेनातर्फ नेपालको गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर र भारत महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथले ज्यान गुमाएका थिए।

यो पनि पढ्नुहोस : भारतीय सेनामा निधन हुने नेपालीको श:व, परिवारले हारगूहार गर्दा पनि किन ल्याउन दिदैन भारतले ?

भारतीय सेनामा भर्ती भएर विरगती प्राप्त गरेका नेपालीको लागि अर्को पी डा छ । एकातिर आफ्नो परिवार गुमाउनु परेको छ भने अर्कोतिर श व समेत नेपाल ल्याउन पाइदैन । भारतमा निधन भएका नेपालीलाई भारतीय सेनाले उनै अन्तिम संस्कार गरिदिने गरेको छ ।

मृ तकका परिवारलाई भारतमै बोलाएर उतै अन्तिम संस्कार गरिन्छ । गत विहिवार फेरी एक नेपालीको निधन भएपछि यो विषय फेरी उठेको छ । गत नोभेम्बर २२ तारिखमा दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरूले नेपालीको श व स्वदेश लैजान पाउनुपर्ने माग राखेका थिए ।

भिड न्त वा दुर्घ टनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्।
हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको श व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृ तक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।

भारतले भने भिड न्तमा मा रिने हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ तकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको हो । अन्त्यष्टिमा भारतीय झण्डा ओढाउनुपर्ने र सम्मान दिनुपर्ने भएकाले भारतमै अन्त्यष्टि गरिने गरिएको हो ।

उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले श व नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन। नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा वि रोध हुन सक्ने भएकाले नेपाल ल्याउन कठिन भएको हो । तर कतिपयले निकै जोडबल गरेर श व नेपाल नै ल्याएको उदाहरण नभएको पनि होइन । सबैभन्दा ठूलो पी डा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु ख दायी कुरा हो। त्यसैले भूतपूर्व गोर्खा सैनिकले यो विषयलाई उठाएका छन् । केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा वि रोध हुनसक्ने प्रति भारतले सजिलै नेपाल ल्याउन दिँदैन ।

गत बुधवार जम्मू कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भि डन्त मा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्‍याएका हुन्। बुधवार मा रिएका थापामगरको पनि नेपालको पूर्वी सीमाक्षेत्र नजिकै रहेको एउटा भारतीय सेनाको शिविरमा अत्येष्टि गर्नका लागि परिवारका सदस्यहरूलाई बोलाइएको बताइएको छ। अर्जुनका बुवा बुहारीलाई लिएर त्यता गएका छन् ।

बिहे गरेर १२ दिन अघि छुट्टि सकेर फर्किएका थिए अर्जुन, उनको निधन संगै सिंगो गाउँ सोकमा !

गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको समाचार छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भि डन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्या न गुमाएपछि परिवारमा भावबिह्वल भएको छ। छोरोको मृ त्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी ९अर्जुनकी श्रीमती० लाई लिएर केही आफन्तको साथ बुधबार नै घरबाट निस्किए।

उनीहरु काकड्भिट्टासम्म श व लिन भनेर हिँडेका छिमेकी नन्दकुमारी थापामगर बताउँछिन्। घरको चुल्हो बलेको छैन। रछ्यानमा सुकाइएका भाँडा यसै छन्। गाई र बाच्चाबाच्छीले बिहानदेखि घाँस पराल खान पाएका छैनन्। बिहीबार दिउँसो घर पुग्दा अर्जुनको दिदी पर्मिलाले कुरा गर्ने शाहस गरिनन्। भाईको बारेमा बोल्न, कुराकानी र परिवारको बारेमा बताउन उनलाई निकै गाह्रो लाग्थ्यो।

उनी घर नै छाडेर गोठ भन्दा तल गाउँतिर लागिन्। अँध्येरो अनुहारमा गहिरो पिडाको झल्को महशुस गर्न सकिन्थ्यो। नचिनेकाहरुसँग त परको कुरा छिमेकीसँगै दोहोरो कुरा गर्ने मानसिकता उनको थिएन। छिमेकीहरु नजिकै एउटा घरमा बसेर अर्जुनको घर तर्फ हेर्दै मुखामुख गरिरहेका थिए। छिमेकी तुलकुमारी थापामगरले भनिन् ‘विहे गरेर भोज खुवाएको गएको असार २२ गते हो, बिचरा अहिले भिडन्तमा पर्यो भन्छन्।’

अर्जुनको आमा क्यान्सर रोग लागेर तीन वर्षअघि बितेकी रहिछन्। बाबु खेती किसानी गर्छन्। एउटी बहिनीको विहेवारी भईसक्यो। उनको ठुलीआमा नन्दकुमारीले थपिन् ‘एक महिना बसेर पुसको ५ गते फर्किएको थियो, विहे गरेर फर्केपछि पहिलो छुट्टीमा आएको थियो, अब कहिल्यै नआउने भो।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

लाहुरे त बने, खुसी टिकेन

जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । ३ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।

बुधबार नै भारतीय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । उनको श वलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ । चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए । तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो ।

गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए ।

अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’ ‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’

बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।
भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गो ली चलेको हो ।

कुराकानीको क्रममा अर्जुनले ‘गो ली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

यो पनि पढ्नुहोस : सन् २०१९ मा अस्ताएका विश्वका यी १५ चर्चित व्यक्तित्व, जसको निधनमा बिश्वका अरबौं मानिष दुखि भए !

जीवन भण्डारी – सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्या न गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुती दिइरहेका बेला पनि ज्या न गएको छ । सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तिलाई यहाँ स्मरण गरिएको छ ।

बलिउड अभिनेता कादर खानको निधन

बरिष्ट बलिउड अभिनेता कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा निधन भयो । क्यानाडाको एक अस्पतालमा उपचार भइरहेका बेला खानको निधन भएको थियो । दुई दिन अघि नै उहाँको निधन भएको हल्ला फैलिएको थियो । त्यो हल्लाको परिवारजनले खण्डन गरेपनि हल्ला नै सत्य सावित हुन पुगेको जानकारी पछि आयो । अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यमा अब्बल लेखक र हास्यविधामा जमेका कलाकार हुनुहुन्थ्यो ।

संसारकै ज्येष्ठ पुरुषको विदाई

‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का अनुसार विश्वकै सबैभन्दा जेठा पुरुष मानिएका ११३ वर्षको उमेरमा सन् २०१९ जनवरी २० मा निधन भयो । जापानका नागरिक मसाजो नोनाकाको सन् १९०५ मा जन्म भएको थियो । सन् २०१८ मा उहाँलाई स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँलाई जिवित पुरुषहरुमध्ये संसारकै सबैभन्दा जेठो व्यक्ति घोषणा गरिएको थियो ।

अष्ट्रेलियाली पूर्व प्रधानमन्त्री बवको निधन

लेबर पार्टीका प्रभावशाली नेता सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री बन्नु भएका बव हकको पनि यसै वर्ष ८९ वर्षको उमेरमा निधन भयो । आफ्नो ८ वर्षे कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेका बवको सन् २०१९ को मे १६ मा निधन भएको हो । बव नेतृत्वको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीरण गर्दै आर्थिक स्वतन्त्रता र रोजगारीमा बृद्धि गराएको थियो ।

मलेसियाका सातौँ राजाको स्वर्गारोहण

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको सन् २०१९ को मे २२ मा ८८ बर्षको उमेरमा निधन भयो । पाहाङ राज्यका पाँचौ राजा सुल्तान सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष सातौँ केन्द्रीय राजा बन्नु भएको थियो । सन् १९३० मा जन्मनु भएका उहाँ सन् १९७४ मा पाहाङ राज्यको राजा बन्नु भएको थियो ।

नाट्य क्षेत्रले गुमायो लोकप्रिय नाट्यकर्मी

जीवित भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबैभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा जुन १० मा निधन भयो । भारतको सबैभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठलगायतका सम्मान पाएका कर्नाडले भारतीय समाज र समय प्रतिबिम्बितमा आधारित थुप्रै नाटक लेख्नुका साथै मौलिक छाप पार्ने अभिनय गर्नु भएको छ । हालको कर्नाटक राज्यमा जन्मिनु भएका कर्नाडले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणित विषयको उच्च शिक्षामा छात्रवृत्तिमा अध्ययन गर्नु भएको थियो । अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत भएका उहाँ भारत फर्केर कलाकर्ममा लाग्नु भएको थियो ।

अदालतमा बयानकै क्रममा मोर्सीको निधन

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको जुन १७ मा निधन भयो । आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि कायरोस्थीत अदालतमा बयान दिइरहेका बेला उहाँको निधन भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई सन् २०१२ मा निर्वाचित भएको एक वर्षमै इजिप्टको सेनाले अपदस्त गरी जेल हालेको थियो ।

स्टेजमा प्रस्तुतीकै क्रममा अस्ताए हाँस्य कलाकार

‘स्ट्याण्डअप कमेडी’का लागि चर्चित मञ्जूनाथ नायडुको जुलाई २१ मा प्रस्तुति दिने क्रममा दुबईमा स्टेजमै निधन भयो । प्रस्तुति दिँदै गर्दा अचानक ढलेका बेला दर्शकले त्यसलाई प्रस्तुतिकै लागि ढलेको ठानेका थिए । आफ्नो परिवार र डिप्रेसनको बारेमा बताउदै ठट्टा गरिरहेका बेला उहाँ ढल्नु भएको थियो । उहाँ स्टेजमा गएको एक मिनेटमै ढल्नु भएको थियो । आबुधाबीमा जन्मेका मञ्जुनाथका बाबुआमाको भने उहाँ सानै छँदा निधन भएको थियो । उहाँको यस्तो अनौठो निधनले विश्वभरी नै चर्चा पाएको थियो ।

चिनियाँ पूर्व प्रधानमन्त्री पेङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९० वर्षको उमेरमा जुलाई २२ मा निधन भयो । चीनका अन्य शीर्ष पदहरूमा रहेर सन् १९८० र १९९० को दशकमा उहाँले काम गर्नु भएको थियो । पेङ सन् १९८९ मा नेपाल भ्रमणमा आउनु भएको थियो । सन् १९८९ मा बेइजिङमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनमा मुख्य भूमिका खेलेको पात्रको रुपमा उहाँ बढी चर्चित हुनुहन्थ्यो ।

चर्चित साहित्यकार मोरिसनको निधन

विश्व चर्चित साहित्यकार तथा साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको पनि यसैवर्ष अगस्ट ५ मा निधन भयो । ८८ वर्षमा निधन भएकी मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदाय, अफ्रिकी अमेरिकीको पक्षमा बोल्ने र लेख्ने सशक्त व्यक्ति मानिन्छ । मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला पनि हो । उहाँले ११ वटा उपन्यास तथा बालबालिकाका निम्ति धेरै किताब र निबन्ध लेख्नु भएको छ । उहाँका उपन्यासहरू ‘द न्यूयोर्क टाइम्स’ अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन् । उहाँले सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट ‘प्रेजिडेन्सियल मेडल अफ फ्रिडम’ पाउनु भएको थियो । उहाँको बिहे पाँच वर्षकै उमेरमा भएको बताइन्छ ।

स्वराजलाई गुमाउँदा दक्षिण एसिया शोकाकुल

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको अगस्त ६ मा निधन भयो । स्वराजलाई भारतमा प्रभावशाली र सशक्त नेतृका रुपमा स्मरण गरिन्छ । सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनावमा उम्मेदवारी दिनुभएको थिएन । सन् २०१४ को २६ मे देखि पाँच वर्ष भारतको विदेश मन्त्री हुनु भएको थियो ।

भारतीय नेता अरुण जेटलीको अस्त

लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री ताथा भारतीय जनता पार्टीका नेता अरुण जेटलीलाई पनि यस वर्ष गुमाउनु प¥यो । दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएका जेट्लीको अगस्ट २४ मा निधन भयो । प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता हुनुहुन्थ्यो । जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागू गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । जेटली अर्थमन्त्री भएकै बेला प्रधानमन्त्री मोदीले ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गर्नुभएको थियो ।

३७ वर्ष शासन गरेका मुगाबेको विदेशमा निधन

जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा सेम्टेम्बर ६ मा विदेशमा निधन भयो । उहाँले जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री हुदै राष्ट्रपति भएर ३७ बर्ष एकछत्र शासन गर्नुभएको थियो । उहाँलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो । नजरबन्दमै रहेका बेला विरामी भएपछि सिङ्गापुरमा उपचारको क्रममा उहाँको निधन भएको हो । उहाँका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले उहाँलाई “जिम्बाव्वे स्थापना गर्ने पिता“ तथा “मुक्तिका प्रतीक“ को सङ्ज्ञा दिनुभएको थियो ।

जापानका सुधारवादी पूर्वप्रधानमन्त्रीको विदाई

जापानका लोकप्रिय नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा नोभेम्बर २९ मा निधन भयो । सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएको र आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाएकोमा उहाँको उच्च प्रशंसा गर्ने गरिन्छ । उहाँले सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गर्नु भएको थियो । आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित गरेर उहाँले नै जापानलाई समृद्धिको आधार तयार पार्नुभएको मानिन्छ ।

विश्वका अरु पनि केही चर्चित व्यक्तित्वलाई विश्वले सन् २०१९ मा गुमाएको छ । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला, हलिउड स्टार जेन माइकल भिनसेन्टलगायतको पनि यसै वर्ष निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्