गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइबाट १० वर्षीय बालकको यस्तो अवस्था !
रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट नि’र्घात कु’टाइबाट उनको आँखामा चो’ट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट नि’र्घात कु’टिएका हुन् । कु’टाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चो’ट लागेको छ ।
धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए । तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कु’टपि’ट नभएको दाबी गरेका छन्।
शिक्षकबाट आफ्नो सन्तान नि’र्घात कु’टिए पनि प्रहरीले उ’जुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कु’टिएपछि संलग्नमाथि का’रबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएकाे परिवारकाे भनाइ छ । तर, प्रहरीले प्रक्रिया नपुर्याइ उ’जुरी आएकाले दर्ता नगरिएको बताएका छन् ।