Logo

झापामा भारतीय ट्रकले ठक्कर दिंदा २ जनाको नि*धन !

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठ’क्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै निधन भएको छ ।

दुर्घटनामा परी निधन हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृ तकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

पन्ध्र सडक बालबालिकाको उद्धार

झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत दमकबाट एकैसाथ १५ सडक बालबालिकालाई उद्धार गरिएको हो । बालबालिकाको उद्धार गर्न प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित अधिकारी दमकको चोक, बजारका सडकमा पुग्नुभएको थियो ।

सडक बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास समन्वय केन्द्रको सहयोगमा उद्धार गरिएको जनाइएको छ । उद्धार टोलीमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई, दमक प्रहरी प्रमुख बिजयराज पण्डितलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रदेशलाई सडक बालबालिकामुक्त बनाउने अभियान शुक्रबार धरानबाट शुरु भएको र प्रदेशका मुख्य शहरमा त्यस अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव राईले बताउनुभयो । उद्धार गरिएका सडक बालबालिकालाई पुनःस्थापना र पुनःवास कार्यक्रमअन्तर्गत पुनः सडकमा आउन नदिने अभियानको लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्