Logo

जन्नुहोस : यिनी हुन् सुनसरीको पहिलो महिला इनिस्पेक्टर ! सम्मान स्वरुप शेयर गर्नुहोला

सुनसरी प्रहरीले पहिलो महिला अधिकृत पाएको छ । इनरुवामा कार्यालय स्थापना भएयता प्रहरी अधिकृतको रुपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा पहिलो महिला अधिकृतको दरबन्दी कायम भएको हो । प्रहरी संगठनमा त्यसैपनि महिला प्रहरी कम छन् । त्यसमा पनि अधिकृत वा सो भन्दा माथिल्लो ओहदामा सीमित मात्र छन् । कानुन पालनाको क्रममा प्रहरीबाट महिलामैत्री व्यवहार हुन नसकेको आवाज समेत बेलाबखत उठ्ने गरेको छ । यस्तोमा सुनसरी प्रहरीले पाएको महिला अधिकृतको दरबन्दीले जिल्लाबासी महिलाहरुको सवालमा सहजताको अनुभुती गर्न पाउने सम्भावना देखाएको छ ।

जिप्रका सुनसरीमा रहेका यसअघिका सबै प्रहरी निरीक्षक अन्यत्र सरुवा भई गएका छन् । सोही क्रममा जिप्रका सुनसरी सरुवा भई आउनेमा प्रहरी अधिकृत मध्ये संचिता थापामगर समेत एक हुन् । प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी थापामगर ६ महिनाको अवधिमै प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भईन् । अध्ययनमा रुची राख्ने थापामगर सोहि कुराले आफुलाई अघि बढ्ने आधार तय गरेको बताउँछिन् ।

परिवारको साथ र पढाई प्रतिको लगनशीलताले प्रहरी सेवामा प्रवेशको छोटो अवधिमै अधिकृत तहमा नाम निकाल्न सफल बनेकी संचिता पासआउट पछिको पहिलो दरबन्दीका क्रममा सुनसरी आईपुगेकी हुन् । ललितपुर घर भएकी संचिताका लागि सुनसरी अनुभव पहिलो भने हैन । प्रदेशसभा निर्वाचन चुनावताका सुनसरीमा कमाण्डर रहेको अनुभव उनीसँग छ । श्रीमान समेत प्रहरी सेवामै रहेकाले समेत उनलाई परिवारको साथ र सहयोग मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्