Logo

राजा महाराजाहरू देशभक्त थिएनन् तर हामि छौ : पुष्प कमल दाहाल (प्रचण्ड)

अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजा महाराजाहरू भन्दा गणतन्त्र पछाडिका नेतृत्व देशभक्त भएको बताएका छन् । उनले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाउँदै उनीहरूले विदेशी शक्तिहरूसँग घुँडा टेकेको जिकिर गरेका छन् ।

प्रचण्डले अहिलेको राजनीतिक नेताहरू देशभक्त र देश परिवर्तनका नायकहरू भएकाले चारैतर्फबाट आक्रमणको प्रयास भएको समेत बताएका छन् । उनले नेपाली वीर गोर्खालीको सन्तानले देशको लागि गरेको वीरता चानुचुने नभएको इतिहास सम्झिए।

उनले विदेशी शक्तिसँग पछि हटेका राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गरेकोसमेत जिकिर गरे। राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाए।

देशमा अहिले विल्कुलै फरक परिस्थिती सिर्जना भएको प्रष्टाए। देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाए। त्यसबाट आफूहरू जोगिनुपर्ने भनाइ व्यक्त गरे। त्यसका लागि जनताले आफैँ बुझ्नपर्ने उनको धारणा छ।

आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रष्टाए। अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागि नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको बताए। नेपालको हावापानी वातावरण आफैँले पर्यटन तान्ने खालको रहेको जनाए। ‘पर्यटकीय क्षेत्रमा जति लगानी गरे पनि घाटा हुँदैन।

प्रतिक्रिया दिनुहोस्