Logo

कृषि विकास बैंक ह्याक गरी एक करोड लिएर भागेका अर्का एजेन्ट प*क्राउ !

विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट प क्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट प क्राउ गरिएको महानगरीय अपराध निय न्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर हुन् । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उक्त घट नामा संलग्न मध्ये अहिलेसम्म १९ जना प क्राउ परे पनि अझै १५ जना भन्दाबढी फ रार रहेको थापाले बताउनुभयो । प क्राउ परेका बैंकिङ कसुर मु द्दामा पुर्पक्षका लागि थु नामा छन् । “बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई प क्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ”, थापाले राससलाई भन्नुभयो । उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरे पनि प क्राउ पर्न सकेका थिएनन् ।

उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु दश लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखाता मै पैसा पुगेको थियो ।

गत असोज पाँच गते पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरुले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले प क्राउ गरेको थियो । उनीहरुबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।

प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु पाँच अर्ब रकम निकाल्ने योजना उनीहरुको थियो । समयमै सूचना प्राप्त हुँदा उनीहरुको योजना विफल भयो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए । शुक्रबार प क्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्