Logo

परिवार सम्हाल्दा सम्हाल्दै आफैलाई रोक्न सकिनन् ऋचाले, रसाए रेखाका आँखा…(हेर्नुहोस् भिडियो)

अभिनेत्री ऋचा शर्माकी आमा रिनादेवी शर्माको आज पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। ६७ बर्षिय आमा लामो समयबाट अवस्थ रहेकी थिइन्। लगातार अस्पतालमा उपचार गरीरहेकी ऋचाकी आमाको शनिबार रात अस्पतालमा निधन भएको थियो। ऋचाकी आमाको अन्तेष्टिमा बरिष्ठ अभिनेता सन्तोष पन्त, अभिनेत्री रेखा थापा, निर्देशक साकार पन्त, निर्देशक विशाल भण्डारी, अभिनेत्री रिमा विश्वकर्मा लगायत पुगेका थिए। ऋचा आफ्नी आमाको अन्तेष्टिमा आफ्नो मन दह्रो पारेर परिवार सम्हाल्ने कोसिस गरिरहेकी थिइन्। तर परिवार सम्हाल्दा सम्हाल्दै श्रीमानको अंगालोमा उनि डाको छाडेर रोएकी थिइन्। केहि समय अगाडी मात्र वैवाहिक जीवनमा बाधिएकि ऋचाको जीवनमा आमा उनले सवैभन्दा प्रिय पात्र रहेकी थिइन्। विवाह पछि पनि आमाको उपचार र हेरविचारका लागि उनि निरन्तर आमाको साथ नै रहेकी थिइन्। केहि दिन अगाडी मात्र निमोनिया ठिक भए पछि अस्पतालले उनलाई घर पठाएको थियो। तर अचानक स्वास्थ्यमा समस्या आएर अस्पताल पुर्याईएकि ऋचाकी आमा फेरी घर फर्कन सकिनन्। ऋचा र परिवारलाइ इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्,आमा रिनादेवीलाई हाम्रो तर्फवाट अन्तिम श्रद्दान्जली।

प्रतिक्रिया दिनुहोस्