Logo

कस्तो बज्रपात: बाबु आमा दुबै बिते, दुई साना छोरीहरु मामाघरमै क्रि,या बस्दै, गाउँले कोही पनि आएनन्…(भिडियो)

पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो ।

बाबुले छोडेर गएको दुई बर्ष पछि आमाले समेत छोडेर गइएन् । उपचारकै क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा सीता बस्नेतको ज्यान गएपछि त्यी बालीकाहरु अहिले साहारा बिहीन बनेका छन् । बाबु आमा नै नभएको र दुई छोरी मात्र भएकाले अहिले पोखराको मामाली गाउँमा उनीहरु क्रिया बसिरहेका छन् । पोखरामा उनीहरुको केही छैन ।

घर नेपालगंज रहेछ तर नेपालगंजबाट उनीहरुको लागी कोही पनि आएका छैनन् । मावली गाउँलेहरुले आफूले सहयोग गरेर काजक्रियाको काम भईरहेको बताईएको छ । कक्षा ८ र कक्षा ६ मा पढ्ने बालिकाहरुको अब कस्ले जिम्मेवारी लिने भन्ने कुरा समस्याको बिषय बनेको हो । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्