सच्चा मनले भगवानको दर्शन गर्दै तपाईको यो साता (पुस २० देखि २६ गतेसम्मको राशिफल)


मेष- व्यक्तिगत काममा खर्च बढ्नेछ । सामान्य क्षति हुने तथा व्ययभार थपिनेछ । फाइदा अरुलाई जाने तथा मानसिक चिन्ता थपिनेछ । साताको मध्यमा भने काममा प्रगति देखिने एवम साथीभाइसँग रमाइलो यात्रा हुनेछ । प्रेममा वृद्धि एवम धनसम्पतिको कारोबार बढ्नेछ । पारिवारिक सहयोग मिल्नाले आँटको काममा सफलता हुनेछ । बोली वचनको प्रभावले नयाँ मित्रता कायम हुने तथा नयाँ कामको सुरुवात हुनेछ ।

वृष- आयआर्जन राम्रो हुने देखिन्छ । व्यवसायमा फाइदा मिल्नाले आर्थिक बोझ कम हुनेछ । सुख सुविधा एवम घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सास्ती एवम झन्झट बेहोर्नुपर्नेछ । सरसामान हराउन सक्ने तथा अरुको जालझेलमा घाटा मिल्न सक्नेछ । साताको अन्त्यमा भने पारिवारिक सहयोगले इच्छाएको कुरामा साथ मिल्नेछ तथा नयाँ मित्र भेटघाट एवम प्रेममा प्रगति देखिन्छ ।

मिथुन- रोजगारीको क्षेत्रमा जिम्मेवारी थपिनेछ । काममा सफलता मिल्नाले नयाँ काममा आँट आउनेछ । रोजगारीमा खुशीयाली एवम आर्थिक वृद्धि हुनेछ । कृषि चौपायाबाट आर्थिक फाइदा एवम मातृपक्षबाट सहयोग मिल्नेछ । आम्दानी राम्रो हुनाले कारोबारमा सहजता आउनेछ साताको अन्त्यमा भने कारोबार बिग्रिने तथा अरुले बाधा दिनेछन् । मानसिक तनाव बढ्नाले काम अधुरो हुनेछ ।

कर्कट- भाग्यले साथ दिनेछ । वैदेशिक क्षेत्रमा प्रगति देखिन्छ । धार्मिक रुचि बढ्ने एवम धार्मिक यात्रा हुनेछ । सामाजिक क्षेत्रमा पहिचान मिल्ने तथा ठुलाबडाले साथ दिनेछन् । पद प्रतिष्ठामा वृद्धि हुने तथा राजनीतिक क्षेत्रमा पहुँच मिल्नेछ । आर्थिक क्षेत्रमा प्रगति एवम नयाँ धनमाल जोडिनेछ । जग्गा जमिनको कारोबाट फाइदा मिल्ने तथा महिला पक्षबाट भरपुर सहयोग पाइनेछ ।

सिंह- साताको शुरुमा सामान्य व्यापार हुनेछ । स्वास्थ्यले धोका दिने तथा आफन्तले साथ छोड्नेछन् । साताको मध्यमा भने काममा प्रगति देखिने तथा आफन्तजनबाट सहयोग मिल्नेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने काममा प्रशंसा मिल्ने, रोजगारीका अवसरहरु आउने तथा साथीभाइको सहयोगले वैदेशिक काममा सहजता मिल्नेछ ।

कन्या- वैदेशिक काममा लाभ हुनेछ । व्यावसायिक यात्रा हुनेछ । साझेदारी क्षेत्रमा फाइदा मिल्नाले नयाँ कामको योजना बन्नेछ । साताको मध्यमा भने काममा वाधा आउने तथा सामान्य गल्तीले अपजसको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने समयले साथ दिनाले घर बाहिरको काम बन्ने एव वैदेशिक यात्राको अवसर मिल्ने तथा धार्मिक यात्रा हुनेछ ।

तुला- प्रतिष्पर्धामा जीत हुनेछ , खेलकुद एवम मनोरञ्जनमा समय व्यतित हुनेछ । मुद्दा मामिला एवम अदालती काममा सहजता मिल्नेछ । ठुलाबडाको साथ मिल्नाले काम छिटो सम्पन्न हुनेछ । जीवनसाथीबाट सहयोग मिल्नाले काममा सजिलो हुनेछ । पारिवारिक भेटघाट हुने तथा प्रेमी प्रेमीका बीच मायाप्रेम बढ्नेछ । साताको अन्त्यमा भने सामाजिक प्रतिष्ठा गिर्ने तथा शारिरीक समस्या देखिन्छ ।

वृश्चिक- कला संगीत क्षेत्रमा प्रगति हुनेछ । सन्तानको मायाले प्रशन्नता बढ्नेछ । आम्दानीको स्तर वृद्धि हुनाले धनको कारोबारमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम पुरानो ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा हुने, पारिवरिक भेटघाट हुने तथा मनोरञ्जनमा खर्च हुनेछ ।

धनु- अनावस्यक शंका बढ्नेछ । मानसिक अशान्ति बढेर जानेछ । घरायसी झमेला आउनाले आपसी सहयोग कम हुनेछ । चिसोको समस्या एवम स्वास्थ्यमा तलमाथी पर्नेछ । अध्ययनमा भने प्रगति एवम कला क्षेत्रमा रुचि बढ्नेछ । सांगितिक क्षेत्रमा फाइदा एवम व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने मावली पक्षबाट सहयोग एवम माया बढ्नेछ ।

मकर- काममा जिम्मेवारी थपिनेछ । छोटो यात्रा गर्नुपर्नेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी काम बन्नेछ । दिदीबहिनी पक्षबाट आर्थिक काममा सहयोग मिल्नेछ । साताको मध्यमा भने आफन्तजनसँग मनमुटाव एवम मित्रतामा दरार आउनेछ । साताको अन्त्यमा भने आर्थिक कारोबार बढ्ने एवम आकश्मिक लाभ हुनेछ । पढाइमा सफलता मिल्ने एवम् सन्तानको सुख पाइनेछ ।

कुम्भ- आफन्तबाट सहयोग मिल्नेछ । बोलीबचनबाट काम बन्नेछ । धन सम्पति जोहो हुने तथा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । भोजनको सुख मिल्ने एवम साथीभाइसँग यात्राको तय हुनेछ । भाइबन्धुबाट काम बन्ने एवम जोस, जाँगर बढेर जानेछ । आत्मबल बढ्नाले काम छिटो पुरा हुनेछ । साताको अन्त्यमा भने पारिवारिक वैमनस्यता एवम मानसिक अशान्तिले घेर्नेछ ।

मीन- साथीभाइसँग खर्च बढ्नेछ । मनोरञ्जनमा दिन व्यतित हुनेछ । शंकाले मित्रतामा समस्या ल्याउने एवम सामान्य वादविवाद हुनेछ । काममा भने प्रगति एवम अरुले प्रशंसा गर्नेछन् । बोली बचनको प्रभावले काममा प्रगति देखिन्छ । भोजभतेरमा सहभागिता एवम सभा, गोष्टिमा निम्ता मिल्नेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाटमा दिन बित्ने एवम सामुहिक काममा खर्च हुने तथा छोटो यात्रा एवम स्थान परिवर्तन गर्नुपर्नेछ ।