Logo

चुल्ठो पाल्ने ट्याटु खोप्ने तथा ट्याटु देखाउने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने

ट्राफिक प्रहरीले अब चुल्ठो पाल्ने ट्याटु खोप्ने तथा ट्याटु देखाउने सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई कारबाही गर्ने भएको छ। आइतबार ट्राफिक प्रहरी महाशाखामा प्रहरी अधिकृतहरु यातायात व्यवसायीहरु ट्रेड युनियनका प्रतिनिधिहरुसंगको छलफलमा प्रहरीले चालक तथा सहचालक भद्र तथा सोभनीय देखिनुपर्ने चालकले चुल्ठो पाल्ने ट्याटु खोप्ने तथा ट्याटु देखाउन नहुने भन्दै कारबाही गर्ने बताएको हो। सवारी चलाउदा अनिवार्य रुपमा जुत्ता लगाउने पर्ने लगायत १९ बुँदे प्रतिवद्धता जाहेर गर्दै सात दिन भित्र कार्यान्यवनमा ल्याउने सहमति भएको छ ।

त्यसैगरी अब सवारीमा लेखिएका घत लाग्दा हरफ मेटिनेछन् कसैले त्यस्ता हरफहरु,स्लोगन, कोटेसन वा कविता लेखेमा कारबाहीकाे भागिदार बन्नुपर्नेछ ।
सवारी साधनको अघिल्लो भागको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न भनेको छ । यसरी सिससा ढाकिने गरी टाासिने सामग्रीका कारण चालकले सडकको सबै भाग राम्रोसाग देख्न नसकिने बैठकको निस्कर्ष छ ।

चालकको आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका समाग्री पनि राख्न निषेध गरिएको छ । म्युजिक सिस्टम पनि क्याबिनमा नराख्न भनिएको छ । लामो दूरीका सवारीले ढोकामै यात्रु संख्या र बसको क्षमता लेखेर टाँस्नु पर्ने नियम पनि ल्याइएको छ । यसैगरी चालकको व्यक्तिगत विवरण खुल्ने गरी सवारीभित्र फोटो सहितको जानकारी टाँस्न पनि निर्देशन दिइएको छ ।

यी हुन् १९ बुदे प्रतिवद्धता

प्रतिक्रिया दिनुहोस्