हेर्नुहोस् चाँदी झै छपक्कै हिउँले ढाँकियो मुस्ताङको मुक्तिनाथ मन्दिर
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले सेताम्मे भएको छ । बिहिबार दिउँसो देखि निरन्तर परेको बाक्लो हिउँले मुक्तिनाथक्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्कै ढाँ’किएको हो । सेताम्मे हिउँले मुक्तिनाथ मन्दिरको ३ तले छाँनो र भित्री प्रवेशद्धार ढाँ’किएको छ भने मन्दिर परिसरका अगाडीको कुण्ड ,१०८ धारामा पुरै बाँक्लो हिउँ जमेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बताएका छन् ।
हिउँ परेसंगै मुक्तिनाथ दर्शन गर्न आएका तिर्थालुलाई सकस परेको छ भने १०८ धाराको स्नान गर्ने ठाउँ र त्यहाँ रहेको २ वटा स्नान कुण्डको पानी समेत जमेको कर्मचारी सुवेदीले बताएका थिए । चिसोले कुण्ड र परिसरक्षेत्रमा हिउँ जमेकाले तिर्थालुहरु स्नान गर्न समेत सकेका छैनन् ।
हिउँ परेसंगै मुक्तिानाथक्षेत्रमा अत्यधिक जाडो अत्याधिक रूपमा बढेको छ भने पर्यटक र स्थानीय घर बाहिर आउजाउ गर्न समेत नसकेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब तारानाथ अधिकारीले बताए । बिहिबार देखि हिउँ परे पनि शुक्रबार बिहान हिउँ रोकिएको तर पर्ने सम्भावना बढी रहेको बताए ।
हिउँले रानीपौवा बजार बाहिर रहेको मुक्तिनाथ बसपार्क र रानीपौवा बजार हुँदै मुक्तिनाथ जाने पैदलमार्ग समेतमा बाक्लो हिउँ जमेकाले तिर्थालुलाई आउजाउमा समस्या परेको अहेब अधिकारीले उल्लेख गरेका छन् । यस्तै रानी बजारभित्रमा फुटपाथ समथिङका सामान बेच्ने व्यापारीहरु हिउँ पन्छ्याउन जुटे । अधिकारीका अनुसार मुक्तिनाथमा माईनस २० डिग्री तापक्रम भएकाले जनजिवन प्रभावित भएको बताए ।
चिसोले होटल र घरका धारा, सेफ्टी ट्याङ्की जमेको उनको भनाई छ । यस्तै चिसोले पशु चौपाया लगायतलाई समेत सकस परेको छ । उनले बसपार्क देखि मुक्तिनाथ सम्म घोडाले दिने यात्रु ओसारपोसार सेवा समेत असहज भएको जनाएका छन् । हिउँदयामको चिसो मौसम भएपनि मुक्तिनाथका अधिकाँश पर्यटन व्यवसायीले होटलहरु संञ्चालन गरिरहेको अहेब अधिकारीले बताए । हिमपातले जोमसोम/मुक्तिनाथ सडक अवरुङ भएको जनाईएको छ ।