Logo

कालिञ्‍चोकमा केबलकारमा ४० प्रतिशत छुट, ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको हो । यसअघि पाँचसयको टिकट लिएर केबलकारको सेवा उपलब्ध हुनेमा ४० प्रतिशत छुटपछि तीनसयको टिकट लिएर आवतजावत गर्न सकिने कार्यकारी प्रमुख शिवाकोटीले जनाए । उनको अनुसार सो योजना हरेक हप्ताको सोमबार र बुधवार मात्र लागू हुनेछ ।

केबलकारबाट यात्रा गर्ने सबै उमेर समूहका यात्रुलाई सो छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । छुट पाउनको लागि दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबासी भएको परिचयपत्र अनिवार्य गरिएको कम्पनीले जनाएको छ । ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शनका लागि भञ्ज्याङबाट कालिञ्चोक मन्दिरसम्म पुग्न केबलकार सञ्चालनमा आएको थियो।
यो पनि समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार दिउँसोबाट पानी पर्ने सुरु गरेको छ । केहीदिन बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएका बेला बिहीबार मेघ गर्जनसहित पानी परेसँगै झनै जाडो बढेको छ । बिहीबार बिहानैबाट बादल लागेकाले मौसम चिसो थियो । बिहीबार दिउँसोबाट काठमाडौं उपत्यकामा पानी पर्न थालेपछि झनै जाडो बढेको हो ।

मौसमविदहरुकाअनुसार शनिबारसम्म पानी पर्नेछ । पानी पर्न थालेपछि चिसो बढेकाले बालबालिका तथा वृद्धवृद्धा निकै प्रभावित भएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि पानी पर्न थालेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानमा बिहीबार हिउँ परेको छ ।

प्रतिक्रिया दिनुहोस्