भारतको जम्मू–कश्मीरमा आ’तंकवादी ह’मलामा मारि’एका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अ’न्त्येष्टि गरिएको छ ।
राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुगेका थिए।
बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर श’वयात्रा गरेको थियो। शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले मगरको श’वमा माल्यार्पण गरेका थिए। मेजर जेनेरल गुप्ताले मगरको श’वमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गरेका थिए।
गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगरको मृ’त्यु भएको थियो।
प्रतिक्रिया