Logo

बीबीएलमा सन्दीप लामिछानेको एउटा जुत्तामा भिजिट नेपालको प्रचार, अर्को जुत्तामा आगो निभाउनेलाई सम्मान

काठमाण्डौ – अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार र अष्ट्रेलियामा भइरहेको आगलागीलाइ समेटेर आफ्नाे जुत्ता रङ्ग्याएका छन् ।

सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ ।

मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्