Logo

बुढानीलकण्ठमा भएको कार दुर्घ,टनाका चालक पृथ्वी मल्ललाई डिल्लीबजार कारागार चलान

काठमाडौं – बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालक पृथ्वी मल्ललाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले सवारी ज्यान सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । आदेशपछि मल्ललाई कारागार लगिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।

यसअघि २८ मंसिरमा बुढानिलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।

कारमा मल्लसहित करिश मास्के, एलिना थापासहित अर्की एक जना युवती रहेको बताइएको थियो । ती युवती नायिक परमिता राणा रहेको चर्चा चलेको थियो ।

बुधबार मात्रै राणाले फेसबुकमा लामो स्टाटस चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी छन् । उनले भनेकी छन्, ‘म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस् । तर, म पनि कारभित्रको एक यात्रु थिएँ ।

प्रतिक्रिया दिनुहोस्