Logo

डिआइजी पोखरेलले कीर्तिपुरका प्रहरी जवान, हवल्दारसँगै खाना खाए

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका छन्।

प्रहरी नायव महानिरीक्षक पोखरेलले कीर्तिपुर प्रहरी बृत्त अवलोकन तथा निरीक्षणको क्रममा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका हुन्।

प्रहरी उच्च अधिकृतहरू महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल, महानगरीय प्रहरी कार्यालयका एसएसपी रेवती ढकाल, बृत कीर्तिपुरका डिएसपी छेदीलाल कामतीसँगै मेसमा खाना खाँदा प्रहरी जवान र हवल्दार खुसी देखिन्थे।

डिआइजी पोखरेलले कनिष्ठ प्रहरी अधिकृतको पीरमर्का बुझ्नका लागि पनि वरिष्ठ प्रहरी अधिकृतले यो दायित्व निर्वाह गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

आइतबार मात्रै उनले महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै हरेक साँझ जवान हवल्दारकै मेसमा गएर खाना खान आफ्ना मातहतका वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए। प्रहरीभित्रका समस्या आदान प्रदान गर्दै पीरमर्का आदानप्रदानमा सहयोग पुग्ने र आफूले देखे/जानेको, भोगेको कुरा निर्धक्न भन्न सक्ने वातावरण सिर्जना हुने पोखरेलले बताए। उनले यस्तो अभ्यासले आफूलाई परेको समस्या र गुनसो आफ्नै संगठनका सदस्यबाट खोज्न सघाउ पुग्ने बताए।

सिनियर प्रहरीले जुनियर प्रहरीलाई गर्ने व्यवहार, आचरण, अनुशासन सबै कुरामा ख्याल गर्दै व्यवसायिक कामप्रति निष्ठावान तवरले अगाडि बढ्न कुनै कसर बाँकी राख्न नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्