Logo

हे भगवान यो कस्तो: छोराको उपचार खर्च तिर्न नसक्दा बुवा स’म्पर्कवि’हीन भएपछि अलपत्र जीवन !

एउटा यस्ताे घ’टना छ जुन सुन्दा पनि मन दुख्छ, छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छा’डेर बुवा सम्प’र्कविहीन बनेका छन् । उपचारका लागि भनेर ६ महिना अघि ल्याइएका संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको बास भने अस्पतालमै छ ।

अस्पतालले पनि परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नभएका कारण जीवनलाई डिस्चार्ज गरेर जिम्मा लगाउन नसकिएको जनाएको छ । उप’चारका क्रममा अस्पतालमा पाँच लाख रुपैयाँ बढी खर्च भएको थियो । औषधि र खाना लगायतको गरेर तीन लाख बढी भइसकेको छ । छोराको उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै उनलाई अस्पतालमै छा’डेर तीन महिना अघि घर फर्किएका बुवा गणेश भुजेल अहिलेसम्म फर्किएका छैनन् ।

अस्पतालका लेखापाल सुवास पोखरेलले अस्पतालले गर्ने छुट दिएर बिरामीलाई डिस्चार्ज गर्न सकिने भए पनि परिवारका सदस्य र आफन्त सम्पर्कमै नभएको बताए । उनले अस्पताल जतिसक्दो चाँडो जीवनलाई परिवारको जिम्मा लगाउन लागिपरेको जानकारी दिए । जीवन अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा छन् । श्वासप्रश्वासका लागि घाँटीमा पाइप लगाइएको छ । घाँटीमा ग’हिरो चो’ट लागेकाले बोल्न सक्दैनन् । कसैले प्रश्न सोधेमा हातको इसारा र कपीमा लेखेर जवाफ दिन्छन् ।

उपचारमा संलग्न अस्पतालका नाक, कान तथा घाँटी रो’ग विशेषज्ञ डा. राजीवकुमार साहले घाँ’टीमा लागेको ग’म्भीर चो’टका कारण श्वासप्रश्वास सजिलो होस् भनेर घाँ’टीको श’ल्यक्रिया गरेर पाइप राखिएको बताए । परिवारका सदस्य सम्पर्कमा नहुँदा धेरै अघि शल्य’क्रियामार्फत निकाल्नु पर्ने घाँ’टीको पाइप निकाल्न नपाएको उनको भनाइ छ । साहले परिवारका सदस्यको सहमति बिना श’ल्यक्रि’या गर्न नसकिने स्पष्ट पारे । उनले घाँटीको शल्य’क्रिया गरेर पाइप निका’लेपछि बोली आफै खुल्ने पनि बताए । तत्काल पाइप ननिकाले संक्रमण भएर स्वास्थ्य सम्बन्धी थप समस्या आउन सक्ने डा. साहको भनाइ छ ।

खेलमैदान बनाउने जिम्मा लिएर काम गरिरहेका बुवा गणेशलाई भेट्न जीवन भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा गाउँका साथीहरु पदम र सुवास कटुवालसँग असार ५ गते पुगेका थिए । पदम र सुवाससँग मझुवावेंसीमै निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारको झड’प प¥यो । झड’प छुट्याउन गएका जीवनमाथि रड प्र’हार गरियो ।

त्यहीं ढलेका उनको टाउको, छात्ती, पेट र घाँ’टीमा चो’ट लाग्यो । गम्भीर अवस्थाका उनलाई उपचारका लागि बुवा गणेशले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै असार ६ गते विराटनगर ल्याइपु¥याएका हुन् । प्रहरीले पनि साथीसँग हाईड्रोपावरका कामदारको झग’डा भएपछि छुट्याउने क्रममा रड प्र’हार भएको र घ’टनामा जीवनको दो’ष नरहेको जनाएको छ ।

घटनामा संलग्न चार जना हाईड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका ७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर १९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरी प्रहरीले चलाएको अभद्र व्यवहार मु’द्दा खेपेर छुटिसकेका छन् । उनीहरु जिल्ला प्रशासनले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते नै छुटिसकेका हुन् ।

भोजपुर प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले घट’नालाई लिएर जीवनका परिवारबाट कुनै पनि जाहेरी नपरेका कारण दोषीमाथि अभ’द्र व्यवहार बाहेक थप का’रबाही अघि बढाउन नसकिएको बताए । घा’इतेले पैसा तिर्न नसकेको लगायतका विषयलाई लिएर माघ ३ गते दुवै पक्षलाई बोलाएर छलफल राखिएको र त्यसपछि कसरी अघि बढ्ने भन्ने निस्कर्षमा पुगिने मगरको भनाइ छ ।

ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको विपन्न परिवारका हुन् जीवन । परिवार उपचार खर्च तिर्न सक्ने अवस्थामा छैन । उनी परिवारका माइला छोरा हुन् । आमा बितेको १६ महिना बढी भयो । उनका बुवा, एक दाजु, दिदी र दुई भाई थिए । दाजु नवीनले पनि गत कात्तिक अन्तिम साता आ’त्मह’त्या गरे । भदौ १४ गते आमाको वर्ष दिनको काम पनि सकियो । तर दाजुको अन्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन् ।

‘उपचारका लागि लिएर आए पनि अस्पताललाई तिर्ने पैसा नभएका कारण खोज्न बुवा जानु भएको धेरै भयो,’ कापीमा लागेर उनले उनले भने, ‘कसैले पैसा नपत्याएर होला अहिलेसम्म उहाँ नआउँदा म अस्पतालबाट बाहिर निस्कन पाएको छैन ।’ सम्पत्तिका नाममा आफ्नो परिवारको एउटा झुप्रो घर र एक गह्रा बारी बाहेक केही पनि नभएको उनको भनाइ छ । जीवनका बुवा गणेशले उपचार खर्चको जुटाउन नसक्दा छोरालाई अस्पतालबाट नि’काल्न नसकिएको बताए । उनले उपचार खर्चका लागि सहयोग गरेर छोरालाई अस्पतालबाट बाहिर निकाल्न सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

जीवनकी छिमेकी विमला भण्डारी चापागार्ईंले युवालाई सहयोगका लागि गाउँ तथा विदेशमा रहेकाहरुबाट सहयोग जुट्न थालेको बताइन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च तिर्न नसकेर अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका युवालाई बाहिर निकाल्नका लागि सबैतिरबाट अहिलेसम्ममा ५० हजार रुपैयाँ भन्दा बढी संकलन भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्