Logo

एयरपोर्टमा पूर्वराजा शाहले नमस्कार गरेपछि कांग्रेस नेता भण्डारीलाई अप्ठेरो

पुर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो तराई भ्रमण सकेर विहिवार काठमाडौं फर्किएका छन् । पत्नी कोमल सहित तराई भ्रमणमा निस्केका उनीले तराईका धार्मीक क्षेत्रको घुमघाम गरेका छन् । उनी पत्नी कोमलसंगै विहिवार काठमाडौं फर्किएका हुन् । उनी झापाको भद्रपुर विमानस्थलबाट हवाईजहाजमार्फत काठमाडौं फर्केका हुन् ।

पार्टी कामका शिलशिलामा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि त्यतै थिए । चन्द्र भण्डारी पनि विहिवार काठमाडौं फर्कदै थिए । भद्रपुर विमानस्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र पूर्वराजा शाहबीच जम्काभेट भए । नेता भण्डारीलाई देख्नासाथ पूर्वराजा ज्ञानेन्द्रले सुरुमै नमस्कार गरे । निकै शिष्ट ढंगले बोलेका पूर्वराजाको ब्यवहार देखि आफु निकै प्रभावित भएको नेता भण्डारीले बताएका छन् । पूर्वराजा शाहले नमस्कार गरेपछि मलाई निकै असजिलो महशुष भयो, अझ शिष्ट र मिठो शैलीको कुराकानीले प्रभावित भए उनले प्रतिकृया दिँदै भनेका छन् । उनले पूर्वराजाको स्वभावले नेपाली संस्कृतिको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।

नेता भण्डारीले बिहीबार बिहान फेसबुकमा लेखेका छन्, ‘पूर्वराजा आदरणीय श्री ज्ञानेन्द्र शाहसँग भद्रपुर विमानस्थलमा भेट भयो । उहाँहरू काठमाडौं फर्कने क्रममा हुनुहुँदो रहेछ । पहिले नमस्ते पाउँदा असजिलो लाग्यो । शिष्ट स्वभाव मिठो बोलीका साथमा नेपालको एक संस्कृतिको प्रतिनिधित्व गरेको महसुस भयो ।’ उनले लेखेको यो स्टाटसमा धेरै प्रतिकृया आएका छन् । प्रतिकृया मिश्रित खालको छ ।

पूर्वराजा शाह पश्चिम तराई हुँदै पूर्व इलामसम्म पुगेर यो वर्षको चिसो छलेर काठमाडौं फर्केका हुन् । उनको साथमा पत्नी कोमल शाह पनि सहभागी थिइन् । ताजा खबर

प्रतिक्रिया दिनुहोस्