Logo

रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

काठमाडौँ – धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जन स्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेश लिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउ ण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलो पटक हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुसी भएको बताउँ छन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधि पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् । वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् ।

उनी झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाई’रेक्टर समेत रहि सकेका छन। वार्नपुरा श्रीलंकाका लागि पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करि’यरमा पहिलो पटक श्रीलंकालाई जित दिलाएका थिए। उनले आफ्नो करि यरमा १९७९ को विश्व कपमा भारत बिरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए ।

जुन श्रीलंकाका लागि पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्र द्धारा श्रृलंकाका लागी एक मात्र जि’त थियो, जसमा उनको नाम दर्ज छ । उनी श्रीलंकाको रा’ष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए ।

२०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनि आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् । वार्नपुरालाई रङ्गशाला निर्माण अवधि भरका लागि सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्