Logo

कुवेतबाट नेपाल फर्किने तयारीमा रहेकी नेपाली चेली कुमारीको गयो ज्या’न

काठमाडौँ- कुवेतमा नेपाल फर्किन ठिक्क परेकी नेपाली चेलीको मृ’ त्यु भएको छ । मृ’ त्यु हुनेमा घरेलु कामदारका रुपमा कार्यरत मोरङ, लेङटाङकी कुमारी राजवंशी रहेकी छन् । रोजगारीका लागि कुवेत गएकी उनको बिहीवार बिहान उपचारको क्रममा अस्पतालमा मृ’ त्यु भएको बताइएको छ ।

सुरुमा हाउसमेडमा आएकी उनी पछिल्लो समय गैरकानुनी रुपमा अन्यत्र काम गर्थिन् । अवैधानिक भएकोले उनी पछिल्लो समय डिपोर्टेशन मार्फत घर फर्कन आप्रवासी सेल्टरमा थिइन् ।

सेल्टरमै भएको बेला उनी गत नोभेम्बर ५ तारिखका दिन एक्कासी बेहोस भएपछि उनको उपचारका क्रममा ज्या’ न गएको हो । चेकजाँच गर्दा मृगौला, पिसाब र छातीमा समस्या देखिएको थियो । उनी केही दिनमा नेपाल फर्कने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्