Logo

खुसीको खबर: आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ८ सयले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै, तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

सोमबार सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलामा ८८० रुपैयाँ कायम गरिएको छ। सोमबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो। बजारमा सुन चाँदीको मूल्य घटबढ हुने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्