Logo

भोलि सार्वजनिक विदा हो कि होइन् ! पुरा पढ्नुहोस…

नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गर्नुभएको छ।

माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन्। माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उहाँको भनाइ थियो।

यसैबीच मगर सङ्घले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाण्डौको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ।

महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ। महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्