Logo

श्री स्वस्थानी ब्रतकथा सगै सुरु शालीनदीमा खुब बिक्ने कुराउनी व्यवसायको कथा…हेर्नुहोस्

काठमाडौँ – स्वस्थानी ब्रत सुरु भएको दिन पुष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा मेला भर्नेहरुको घुइंचो छ । यहि मेलामा व्यवसाय गर्ने व्यवसायीको पनि उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । विशेषगरी खाजा, जुत्ता, माला, जस्ता सामानको विक्री बढी हुने यो मेलाको अर्को आकर्षण भनेको साँखुमा पाइने खुवा वा कुराउनी पनि हो ।

यहि मेलालाई लक्षित गर्दै कुराउनी बेच्नेहरुको भीड नै छ शालीनदी परिसरमा । चिनी हालेको, नहालेको लगायतका विभिन्न किसिमका कुराउनी बेच्नका लागि राखिएका छन् । यद्यपी कतिपयले यस्तो कुराउनीमा बिस्कुट हालीएको समेत आरोप लगाउछन् भने व्यवसायी भने त्यसो नहुने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्