बा’च्दैन भनेर बैतर्नी तारेकी श्रीमतीको हेरचाह गर्ने यी महान श्रीमान…(भिडियो सहित)


काठमाडौँ – बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’ट’पि’ट गर्ने, या’तना दिने गरेका घट’ना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घ’टना भित्रभित्रै लुकाइन्छन् । इज्जतको ड’रले बाहिर ल्याइदैनन् । गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।

विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ संचारकर्मीले अस्पतालमा पुगेर श्रीमानसंग गरेको कुराकानीका क्रममा उनले अहिले निकै सुधार भएको बताएका छन् ।

उनले घटनाको बारेमा बताउंदै भने म बाहिर भएको बेला श्रीमतीले रुँदै फोन गरिन मेरो टाउको दुखेको छ भनेर म तुरुन्तै घर फर्केर हस्पिटल पुर्याएको थिए । उनले श्रीमतीले सास फेर्दा सिठी बजाए जस्तो आउने भित्रको मान्छेले सास फेरेको बाहिर सम्म सुनिन्थ्यो भन्दै बिरामीको बारेमा सुनाए ।

घर परिवारका मान्छेले बिरामीको अवस्था नाजुक हुँदै छ भनेर हस्पिटलबाट लगेर बैतर्नी तार्ने काम पनि गरेको उनले बताए । निम्न परिवारमा भएको मान्छेले यसरि हस्पिटलमा उपचार गराउंदा अहिले सम्म २१ लाख खर्च भैसकेको बताउंदै उनले समस्यामा परेको पनि बताए ।

हेरौ भिडियोमा –