Logo

कोरियामा फरार भनिएकी डिजे कलाकार रेजिना राई स्वदेश प्रस्थान !

दक्षिण कोरियाको बुसान किम्हेमा अबस्थित क्लब लुम्बिनी एन्ड लाईभको उदघाटनका लागी दक्षिण कोरिया आमन्त्रण गरिएकी पछिल्लो समय यूवाहरु माझ लोकप्रिय डिजे कलाकार रेजिना याख्खा राई ( Dj – ZYN ) आयोजकको सम्पर्क बाहीर रहेकी उनी आयोजकको सम्पर्कमा आई आज स्वदेश प्रस्थान गरेकी छन ।


धरान स्थाई घर भएकी उनलाई कलाकार भिषामा (C-4) क्लब लुम्बिनी एन्ड लाईभले कोरिया ल्याएको थियो।कार्यक्रम सके पश्चात जनवरी ३ मा नेपाल प्रस्थान गर्नुपर्ने उनी जनवरी १ बाट नै आयोजकको सम्पर्कबाट बाहिरिएकी थिईन।उनी सम्पर्क बाहिर गए लगत्तै कोरियामा संचालित मेडिया मेरो प्रतिभाले आयोजकको सम्पर्कमा आउन भन्दै समाचार प्रकाशित गरेको थियो।

कलाकार हराएको खबर कोरियामा ब्यापक भाईरल भएसंगै निज कलाकार आयोजकको सम्पर्कमा आएर आज नेपाल प्रथान गरेकी हुन।किम्हे लुम्बिनी क्लबकी सन्चालिका परी गुरुङले ईन्छन विमानस्थलबाट बिदाई गरेको तस्बिर देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्